समाचार
चिशंखुगढी गाउँपालिका पूर्णखोप घोषणा तथा क्षयरोग मुक्त अभियान अन्तर्गत पालिका स्तरीय अभिमुखिकरण एवं समिति गठन कार्यक्रम
पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा र क्षयरोग मुक्त पालिका अभियान कार्यक्रम अन्तर्गत चिशंखुगढी गाउँपालिकामा पालिका स्तरीय अभिमुखिकरण तथा पालिका अन्तर्गतको समिति गठन सम्पन्न भएको छ । एकै दिन सम्पन्न भएको दुवै कार्यक्रम गाउँपालिका अध्यक्ष श्री निशान्त शर्माकोज्यूको अध्यक्षतामा संचालन भएको हो । कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख श्री कर्मचन्द्र राजवंशीज्यूको प्रमुख आतिथ्यता एवं गाउँपालिका उपाध्यक्ष श्री सन्तोष बाबु थापा, प्रमुख प्रशासकीय अधिकृत श्री सिताराम राई, वडा अध्यक्षज्यूहरु क्रमसः श्री उषक कटवाल १ नं. वडा, श्री नरेन्द्र बस्नेत २ नं. वडा, श्री भिष्म श्रेष्ठ ३ नं. वडा, श्री हिमाल राई ४ नं. वडा, श्री नेत्र भट्टराई ५ नं. वडा, श्री शुशिल जंग कार्की ८ नं. वडा साथै पालिका खोप समन्वय समितिका पदाधिकारीहरु, स्वास्थ्यकर्मी महिला स्वास्थ्य स्वयंसेविका गै.स.स. का प्रतिनिधिहरु तथा सरोकारवालाहरुको उपस्थिती रहेको थियो । पालिका तहमा रहेका ८ स्वास्थ्य संस्था मध्ये खोप कार्यक्रमका सुचांकका आधारमा पोखरे स्वास्थ्य चौकी उत्कृष्ट स्वास्थ्य संस्था छनौट भएको छ । एक कार्यक्रमका बीच उक्त संस्थाको तर्फबाट उपस्थित गंगा भुजेललाई कार्यक्रमका अध्यक्ष, प्रमुख अतिथि, गा.पा. उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतज्यू बाट सम्मान पत्र प्रदान गरिएको छ । पालिकामा ०-१५ महिनाका २०१ जना बालबालिकाहरुले नियमित खोप सेवा लिइरहेको र १६ महिना देखि ५ वर्ष सम्मका ६२८ जना बालबालिकाहरुले पूर्णखोप प्राप्त गरेको शुन्य डोज तथा ड्रपआउट यस गाउँपालिकामा नभएकाले पालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणाका लागि पालिका खोप समन्वय समिति सदस्य सचिव एवं स्वास्थ्य शाखा प्रमुख श्री थिर प्रसाद भट्टराईज्यूले घोषणाका लागि प्रस्ताव गर्नु भएको थियो । उक्त प्रस्ताव तथा आवश्यक विवरण का आधारमा पालिका पूर्णखोप समन्वय समिति संयोजक एवं गा.पा. अध्यक्ष श्री निशान्त शर्माज्यूले यस चिशंखुगढी गाउँपालिकालाई पूर्णखोप गाउँपालिका घोषणा गर्नुभएको छ । कार्यक्रममा सामाजिक विकास समिति संयोजक एवं ४ नं. वडा रातमाटेका वडा अध्यक्ष श्री हिमाल राई, प्रमुख प्रशासकीय अधिकृत श्री सिताराम राई, गा.पा. उपाध्यक्ष श्री सन्तोष बाबु थापा, स्वास्थ्य कार्यालय प्रमुख/कार्यक्रमका प्रमुख अतिथि श्री कर्मचन्द्र राजवंशी ले कार्यक्रमका बारेमा सुझाव तथा आवश्यक जानकारी राख्नुभएको थियो भने क्षयरोग मुक्त अभियान अन्तर्गत पालिका स्तरीय समिति गा.पा अध्यक्ष श्री निशान्त शर्माको संयोजकत्व तथा गा.पा. उपाध्यक्ष श्री सन्तोष बाबु थापाज्यूको सह संयोजकत्व रहेको उक्त गठित समिति १९ जनाको रहेको छ । पालिकाबाट प्रदान गरिने सेवाहरुको उच्चतम् गुणस्तरीयतामा वृद्धि गराउदै क्षयरोग मुक्त अभियान कार्यक्रमको लक्ष हासिल गर्न प्रभावकारी रुपमा कार्य संचालन गर्ने साथै सबै स्वास्थ्य संस्थाले शतप्रतिशत लक्ष्य हासिल गर्ने गरि कार्य गर्ने भन्ने निर्देशनका साथ कार्यक्रमका अध्यक्ष श्री निशान्त शर्माले कार्यक्रमको समापन गर्नु भएको हो ।