FAQs Complain Problems

करार सेवामा रोजगार संयोजक पदपूर्ति गर्ने सम्बन्धी दोस्रो पटक प्रकाशित सूचना ।

तस्बीर: 

फारमकाे लागि यहाँ click गर्नसहाेस ।

 

प्रारम्भिक योग्यताक्रमको सूची प्रकाशन गर्ने आधारहरुः  

(१) समितिले आवेदन दर्ता गर्न तोकिएको म्याद समाप्त भएको मितिले दश दिन भित्रमा योग्य ठहरिएका आवेदनहरु मध्यबाट उपलब्ध भएमा दश जना र नभएमा उपलब्ध संख्याका उमेदवारको प्रारम्भिक योग्यताक्रमको सूची प्रकाशन गरिनेछ ।

(२) उपदफा (१) बमोजिमको प्रारम्भिक योग्यताक्रमको सूची प्रकाशनका लागि दरखास्त दिने उमेदवारहरुको मूल्यांकन  देहाएका आधारमा गरिनेछः

      (क) तोकिएको न्यूनतम शैक्षिक योग्यताको प्राप्त लब्धांक प्रतिशत बापत ७० अंक,

      (ख) न्यूनतम भन्दा माथिल्लो शैक्षिक योग्यता बापत १० अंक,

      (ग) नेपाल सरकारद्वारा संचालित कार्यक्रम वा साबिकका स्थानीय निकाय वा हालका स्थानीय तहहरुमा जुन तहको रोजगार संयोजकको पदका लागि विज्ञापन गरिएको हो, सोही सरहको पदमा कम्तिमा २ वर्ष काम गरेको  अनुभव बापत १० अंक, र

      (घ) सम्बन्धित गाउँपालिका वा नगरपालिकाको स्थायी बासिन्दा भएबापत १० अंक ।

(३) उपदफा (२) को खण्ड (क) बमोजिम न्यूनतम शैक्षिक योग्यताको लब्धांक प्रतिशत बापतको अंक निर्धारण गरिनेछ । 

 

क. सेवा सम्बन्धी लिखित परिक्षाको पाठ्यक्रम

१. रोजगारीको हक सम्बन्धी ऐन, २०७५ र रोजगारको हकसम्बन्धी नियमावली, २०७५,

२. प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन निर्देशिका, २०७५ र कामका लागि पारिश्रमिकमा आधारित सामूदायिक आयोजना सञ्चालन तथा व्यवास्थापन कार्यविधी, २०७६

३. बेरोजगारी गरिबी निवारण र रोजगारी सिर्जनाका उपायहरु र स्थानीय तहमा रोजगारी सिर्जनाका क्षेत्र, सम्भावना तथा चुनैतिहरु,

४. सार्वजनिक निर्माण कार्यक्रम (Public Work Programme) मार्फत रोजगारी सिर्जना र कामका लागि पारिश्रमिक (Cash for Work को अवधारणा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास र चुनैतीहरु,

५. रोजगारी सिर्जनामा सरकार, निजी क्षेत्र, सहकारी क्षेत्रको भूमिका र यस्ता क्षेत्रहरुबीचको सहकार्य र साझेदारी,

६. स्तानीय तहको योजना तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्यांकन प्रकृया,

७. स्तानीय तहको बजेट तर्जुमा प्रकृया, खर्च व्यवस्थापन र लेखा परीक्षण प्रणाली,

८. स्थानीय विकास तथा सेवा प्रवाह प्रक्रियामा जनसहभागिता, पारदर्शीता र उत्तरदायित्व,

९. सामाजिक परिचालन, सार्वजनिक सुनुवाई, समाजिक लेखापरीक्षण तथा गुनासो व्यवस्थापन, र

१०. आचरण तथा अनूशासन, नैतीकता, सदाचार र भ्रष्टाचार नियन्त्रण ।

 

ख. कम्प्युटर सम्बन्धी परिक्षाको पाठ्यक्रम

  1. Computer Fundamentals
  2. Operating System
  3. Word Processing
  4. Electronic Spreadsheet
  5. Database Management System
  6. Presentation System

आर्थिक वर्ष: