FAQs Complain Problems

चिशंखुगढी गाउँपालिकाको संक्षिप्त परिचय

चिशंखुगढी गाउँपालिका ओखलढुंगा जिल्लाको उत्तर पूर्वीय भागमा अवस्थित रहेको छ । यस गाउँपालिका १२६.९१ वर्ग कि.मि.मा फैलिएको छ । वि.स. २०६८ को जनगणना अनुसार यहाँको जनसंख्या १५१६९ रहेको छ । साविकका कुइभिर गा.वि.स., दियाले गा.वि.स., पोखरे गा.वि..स, सेर्ना गा.वि.स., रातमाटे गा.वि.स र माम्खा गा.वि.स मिलेर यो गाउँपालिका बनेको छ ।