FAQs Complain Problems

अति आवश्यक सेवा बाहेकका सम्पूर्ण सेवाहरु स्थगन गरिएको सम्बन्धी सूचना ।

(प्रकाशित मिति : २०७८/०१/२४)

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (New Corona Virus Variant) को प्रकोप नेपालमा तीव्र गतिमा फैलिएको कारण मानवीय स्वास्थ्यमा नयाँ प्रतिकूल चुनौति थपिई भयावह अवस्थाको सिर्जना हुन पुगेको विद्यमान परिस्थितिमा यस प्रकारको भाइरसको सम्भावित जोखिम, असर तथा प्रभावलाई मध्यनजर गर्दै उक्त सम्भावित जोखिमलाई न्यूनीकरण तथा रोकथाम गर्न चिशंखुगढी गाउँ कार्यपालिकाको कार्यालयबाट प्रवाह गरिने अति आवश्यक सेवा बाहेकका सम्पूर्ण सेवाहरु मिति २०७८।०१।२४ गतेको गाउँ कार्यपालिका कार्यालयको निर्णयानुसार मिति २०७८/०१/३१ गते सम्मका लागि स्थगित गरिएको व्यहोरा अनुरोध छ । साथै गाउँ कार्यपालिका कार्यालय अन्तर्गतका वडा कार्यालय, विभिन्न संघ-संस्था, बैंक लगायतका वित्तीय संस्था, सार्वजनिक यातायात व्यवसायी तथा निजी सवारी साधन प्रयोगकर्ताले वर्तमान बिषम् प्रतिकूल परिस्थितिमा जनस्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पूर्ण पालना तथा मास्क लगायतका स्वास्थ्य सँग सम्बन्धित सामाग्रीको प्रयोग अनिवार्य रुपमा गरी गराई अति आवश्यक सेवा मात्र प्रवाह एवं प्रयोग गर्ने व्यवस्था मिलाउन हुन अनुरोध छ ।

आर्थिक वर्ष: